विद्यालयको संक्षिप्त परिचय
21 September

विद्यालयको संक्षिप्त परिचय

विद्यालयको ऐतिहासिक परिचय ः
विद्यालयको संक्षिप्त इतिहास (स्थापना र संचालनका समुदायले खेलेको भूमीका)  
साविक शिबनगर गा.बि.स. अन्तरगत र्वाड नं. ५ हाल भरतपुर महानगरपालिका १४ मा रहेको एक मात्र माध्यमिक बिद्यालय २०२१ साल फाल्गुण ६ गते नारायणी विद्या मन्दिर मा.बि.का नामले स्थापित भएको थियो । पहिलो पटक यस बिद्यालयले २०२४ सालमा प्रथम पटक एस.एल.सि.परीक्षामा ८ जना सम्मिलित गराई १ जना प्रथम श्रेणी ३ जना द्वितीय श्रेणीमा उर्तिण गराउन सफल भएको थियो ।  २०३४ सालको एस.एल.सी. परिक्षामा यस विद्यालयले र्वोड छैटौ स्थान सम्म ल्याउन सफल भएको थियो । २०३१ सालमा यस बिद्यालयको प्रा.बि. सेक्सन थप गरि शिवनगरमा संचालित प्रा.बि. लाई यसैमा गाभिएको थियो ।  हाल यस बिद्यालयको पश्चिममा कम्पाउण्डमा (१–५) कक्षा संचालन छ । नेपाल सरकार शिक्षा मन्त्रालयको नीति नियम बमोजिम यस विद्यालय संचालन र भौतिक निर्माणमा स्थानिय जनसमुदायले महत्वपूर्ण सहयोग पु¥याइरहेका छन् । यस बिद्यालयमा २०५१ साल देखि भ्ऋम् कक्षा संचालन हुदै आएको छ । २०५७ श्रावण देखि उच्च माध्यमिक शिक्षा परिषद सानो ठिमी वाट सम्वन्धन लिई शिक्षा र व्यबस्थापन संकायमा कक्षा ११ र १२ संचालन गरिएको छ । यस विद्यालयको स्थापना तथा सञ्चालनमा यहाँका शिक्षा प्रेमी, चन्दादाता एवम् समाजसेवीहरुबाट ठुलो योगदान र सहयोग हुँदै आइरहेको छ । 
१.२ भौगोलिक अवस्था ः
यस नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय नारायणी अञ्चल चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १४ स्थित शिवनगर (साविक शिवनगर गा.वि.स.वडा नं. ५) मा अवस्थित छ । जिल्ला सदरमुकाम भरतपुरबाट करिब १४ कि.मि.दक्षिण पश्चिममा पर्ने यस विद्यालयको पूर्वमा शिवनगर वजार रहेको छ । पश्चिममा भगवान स्थल सामुदायिक वन, उत्तरमा खगेरी सिंचाईको  नहर  दक्षिणमा ज्ञानज्योती बोडिङ स्कुल अवस्थित छ । त्यस्तै जमिनका हिसाबले यो भित्री मधेसको समथर तथा उर्वर खेतीयोग्य फाँटको विचमा अवस्थित छ ।  

हाम्रो देश नेपाल एक बहुभाषिक, बहुजातिय तथा बहुधार्मिक राष्ट्र हो । त्यसैगरी यस क्षेत्रको समुदायमा पनि विभिन्न जातजाती र भाषाभाषी मानिसहरुको बसोबास रहेको छ । यस क्षेत्रमा खासगरी ब्राम्हण, क्षेत्री, कामी, दमाई, नेवार, मगर, गुरुङ्ग, तमाङ आदि जातिहरुको बसोबास छ भने विभिन्न जातका मात्र नभई विभिन्न वर्गका मानिसहरु पनि यस क्षेत्रमा बसोबास गर्छन् । प्राय कृषि पेशामा सम्लग्न रहेका मानिसहरुको बाहुल्यता छ । यस समुदायमा ब्राम्हण, क्षेत्री, नेवार तथा केही थारुहरु धनी वर्गमा पर्छन र उनीहरुका बालबच्चा बोर्डिङ्ग स्कूलमा अध्ययन गर्छन भने थुप्रै जनजाती र दलित वर्गमा मानिसहरु गरिव तथा सुकुम्बासी भएका र आर्थिक अभाव भएकै कारणले मात्र उनीहरुका बालबच्चा मात्र यस विद्यालयमा अर्थात सामुदायिक विद्यालयमा अध्ययन गर्दछन् ।  
विद्यालय सेवा क्षेत्र भन्नाले विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाहरुका अभिभावकहरु बसोबास गर्ने क्षेत्र अर्थात विद्यालयले आफ्नो सेवालाई जहाँसम्म विस्तार गरेको छ त्यस्तो क्षेत्रलाई विद्यालय सेवा क्षेत्र भन्ने बुझ्नु पर्दछ । यस विद्यालयको सेवा क्षेत्र अन्र्तगत भरतपुर माहनगरपालिका वडा नं. १४ को शिवनगर, हनुमाननगर, शान्तिपुर, सुन्दरवस्ती, राधापुर, र वडा नं. १५ को भगवानपुर,  सुर्यनगर, सानो गणेशगञ्ज, गणेशगञ्ज, विष्णुपुर, जयनगर तथा वडा नं. १९ को किरणगञ्ज, मिलडाँडा पर्दछन् ।